नेपालको संविधान २०७२ सभाध्यक्षबाट प्रमाणीकरण

0

काठमाडौं, १ असोज । ‘नेपालको संविधान २०७२’ प्रमाणीकरण गरिएको छ । संविधानसभाको ल्होत्से हलमा शुक्रबार सबै दलका शीर्ष नेताहरुको सामूहिक उपस्थितिमा सभाध्यक्ष सुवास नेम्वाङले संविधान प्रमाणीकरण गरेका हुन् । संविधानसभाका अध्यक्ष, उपाध्यक्ष एवं सभासदहरुले संविधानको प्रतिमा हस्ताक्षर गरेसँगै प्रमाणीकरणको काम सम्पन्न भएको छ ।
त्यसअघि ५ सय ३७ जना सभासदहरुले संविधानमा हस्ताक्षर गरेका थिए । सभासदहरुले बिहान ९ बजेखि नै संविधानका पाँचओटा प्रतिमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्नेक्रम अपरान्ह ३ बजेसम्म चल्यो । सबै सभासदले हस्ताक्षर गरिसकेपछि अन्त्यमा सभाध्यक्ष सुवास नेम्वाङले हस्ताक्षर गरी प्रमाणीकरण गरेका हुन् ।
नेपाली कागजमा छापिएका पाँचप्रति संविधानमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संविधानसभा सचिवालयको अभिलेख शाखा र कानुन मन्त्रालयमा पठाइने छ ।

Leave A Reply

Your email address will not be published.