भारतीय विदेश सचिव नेपालमा

0

काठमाडौँ, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्कर आज काठमाडौँ आउनुभएको छ । राष्ट्रपति डा रामवरण यादवसँग उहाँले शीतल निवासमा आज भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल एवम् तराई मधेस केन्द्रित राजनीतिक दलका नेताहरुसँग विदेश सचिव जयशङ्करले अलग अलग भेटघाट गर्नुहुने छ ।
संविधानसभाले नेपालको संविधान, २०७२ पारित गरी असोज ३ गते जारी गर्न लागेको सन्दर्भमा उहाँको भ्रमण भएको हो । नेपालस्थित भारतीय दूतावासका प्रेस सूचना तथा संस्कृति विभाग प्रमुख अभयकुमारले दिनुभएको जानकारीअनुसार विदेशसचिव जयशङ्करले नेपालमा रहँदा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग राजनीतिक अवस्थाका बारेमा कुराकानी गर्नुहुनेछ ।

Leave A Reply

Your email address will not be published.