शेस घलेले गरे उम्मेदवारीको घोषणा

0

चारदिशा, बेल्जियम ,

गैर आबासिय नेपाली संघका बर्तमान अध्यक्ष शेस घलेले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । गैर आबासीय नेपाली संघ बेलायतले आयोजना गरेको कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै घलेले आफुले गएको दुई बर्षे कार्यकाल भन्दा बढी जिम्मेवार भएर काम गर्ने  र संस्थाको गरिमालाई अझ उचाइमा पुर्याउन आफु कटिबद्ध भएको विश्वाश दिलाउदै , यस अभियानमा आफ्नो सक्रियतालाइ कम हुन नदिने पनि घोषणा गरेका छन ।

आफ्नो बसोबास रहेको देश अष्ट्रेलिया लगायत बिभिन्न देशमा भएका कार्यक्रमहरुमा साथीहरुले उम्मेदवारी घोषणाका लागि आग्रह गरे पनि आफुले सबैको आग्रह , सद्भाब र समर्थनको प्रतिक्षा पछि बेलायत आएर उम्मेदवारी घोषणा गरेको बताउदै,  नेपाल अहिले प्रकृतिक महा बिपत्तीबाट पीडित भएको र यस् बाट मुक्तिको लागि सबैले एन आर एनको आशा र विश्वाश गरेको अबस्थामा आफुले सम्पूर्ण उर्जा लगाएर काम गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन ।
संघका बर्तमान उपाध्यक्ष टिबि कार्की र पूर्व महासचिब रतन झाले आफ्नो उम्मेद्बारी घोषणा एक महिन अगाडिनै गरी सकेको अवस्थामा घलेको मौनतालाई अर्थपूर्ण रुपमा हेरिएको थियो । घलेको उम्मेदवारी घोषणा संगै एन आर एनको चुनाबी सरगर्मी तिब्रता सँग बढ्ने आकलन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.