संसदमा सरकारको चर्को आलोचना
काठमाडौं । सांसदहरुले जनताका समस्याप्रति उदासीन भएको भन्दै सरकारको आलोचना गरेका छन् । व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा सांसदहरुले जनताले सामना गरिरहेको अभाव र कालोबजारीको समस्याको समाधानका लागि सरकारले कुनै प्रयास नगरेको आरोप लगाए ।…
पर्यटन गन्तव्यका लागि नेपाल विश्वको उत्कृष्ट सूचीमा
काठमाडौं । सन् २०१६ को पर्यटन गन्तव्यका लागि नेपाल विश्वको उत्कृष्ट देशको सूचीमा पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक ‘रफ गाइड’ले विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गर्दै नेपाललाई पहिलो नम्बरमा राखेको हो ।
रफ गाइडले…
संविधान संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समयसीमा
काठमाडौं । व्यवस्थापिका–संसदले संविधान संशोधन विधेयकमा संशोधन प्रस्तावका दर्ता लागि ७२ घन्टाको समय दिएको छ । मधेसी मोर्चामा आबद्ध दलका सांसदको विरोधकाबीच सोमबार बसेको संसदको बैठकले संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ताका लागि ७२…
काँग्रेस उपसभापति पौडेल भारत प्रस्थान
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल पाँच दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन भारत जानुभएको उहाँको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा…
भारतमा शक्तिशाली भूकम्प
ढाका । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार एकाबिहानै शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्पको धक्का भारतका छिमेकी देशहरुमा पनि महसुश भएका बताइएको छ । उक्त भूकम्पको धक्काले भारतलगायत म्यानमार, बङ्गलादेश र भुटानमा पनि हानेको थियो ।…
तीन दल र मधेसी मोर्चाबीच छलफल
काठमाडौं । सत्तारुढ नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि अहिले छलफल जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख…
सरकार ढाल्ने ग्राइन्ड डिजाइनले अस्थिरता : नेत्री कोइराला
दैलेख । नेपाली काँगे्रसकी नेत्री सुजाता कोइरालाले सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “सरकार ढाल्ने खेलमा लाग्दा मुलुक झन् अस्थिरतामा फस्न सक्छ ।” नेपाललाई शक्तिशाली बन्न नदिन सरकार टिक्न नदिनेको ‘ग्रान्ड डिजाइन’…
लोडसेडिङ फेरि बढ्यो, दैनिक १३ घण्टा विद्युत कटौती
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । दैनिक १३ घण्टाभन्दा बढी विद्युत कटौती गर्नेगरी प्राधिकरणले सोमबारबाट नयाँ तालिका लागू गर्ने भएको हो । यसअघि सातामा ७७ घण्टा विद्युत कटौती हुँदै आएकोमा नयाँ तालिका अनुसार अब…
अघोषित नाकाबन्दी तत्काल अन्त्य होस्ः अध्यक्ष दाहाल
काठमाडौं । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भारतले जारी राखेको अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने बताउनुभएको छ । एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भारतीय राजदूत रणजित रायसँग भएको भेटमा उहाँले लामो समयसम्म…
देवघाट जाने पुल निर्माण कार्य
चितवनस्थित पवित्र तीर्थस्थल देवघाटधाम जान पृथ्वीराजमार्गको दासढुङ्गामा पुल निर्माण कार्य सम्पन्न भएपछि देवघाटमा मेला भर्न आउने यात्रु र सवारी साधनलाई सजिलो हुने भएको छ ।