संसदमा सरकारको चर्को आलोचना

0

काठमाडौं । सांसदहरुले जनताका समस्याप्रति उदासीन भएको भन्दै सरकारको आलोचना गरेका छन् । व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा सांसदहरुले जनताले सामना गरिरहेको अभाव र कालोबजारीको समस्याको समाधानका लागि सरकारले कुनै प्रयास नगरेको आरोप लगाए ।
यस्तै, उनीहरुले भूकम्पीडितिको समस्याप्रति उदासीन भएको भन्दै सरकारको आलोचना गरेका थिए । बैठकमा नेपाली कांग्रेसका सांसद कमल पंगेनीले जनता अभाव र कालोबजारीको मारमा पर्दासमेत सरकारले समस्या समाधानमा चासो नदेखाएको आरोप लगाए ।
बैठकमा एकीकृत माओवादीका सांसद छमबहादुर गुरुङले भूकम्पपीडितहरु अझैपनि त्रिपालमुनि बस्न बाध्य भएको भन्दै उनीहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरे । नेकपा एमालेका सांसद रविन्द्र अधिकारीले सरकारले चीनसँगका नाकाहरु खोल्ने कामलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापाले भारतले नेपालमाथि नाकाबन्दी गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न नसकेको भन्दै सरकारको आलोचना गरिन् ।

Leave A Reply

Your email address will not be published.