भारतमा शक्तिशाली भूकम्प

0

ढाका । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार एकाबिहानै शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्पको धक्का भारतका छिमेकी देशहरुमा पनि महसुश भएका बताइएको छ । उक्त भूकम्पको धक्काले भारतलगायत म्यानमार, बङ्गलादेश र भुटानमा पनि हानेको थियो । त्यस्तै नेपालका पनि कतिपयस्थानमा यसको धक्का महसुश गरिएको बताइएको छ । सो भूकम्पबाट भारतमा छ जना र बङ्गलादेशमा दुई जनाको ज्यान गएको बताइएको छ । त्यसमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
भूकम्प सोमबार बिहान ठीक ४.३० बजे गएको थियो । बिहानको समयामा आएकोले कतिपयले थाहा नै नपाएका र थाहा पाएर भाग्न खोज्नेहरु घाइते भएका अधिकारीहरुले जनाएका छन् । भूकम्प ६.७ रिक्टर स्केलको रहेको थियो । मणिपुरमा केन्द्रबिन्दु रहेको सो भूकम्पले उक्त क्षेत्र निकै हल्लाएको थियो ।
भूकम्पले मणिपुरपछि बढी पश्चिम बङ्गाल र ओडिसामा हल्लाएको थियो । मणिपुरको राजधानी इम्फालमा धेरै क्षति पु¥याएको छ । मृत्युहुने छ जनामा इम्फालकै नागरिक परेका छन् । भूकम्पको केन्द्रबिन्दु ५७ किलोमीटर गहिराईमा परेको भूगर्भविद्हरु बताउँछन् । मणिपुरको तमेङ्लुङ् भन्ने स्थानमा सो भूकम्पको केन्द्रबिन्दु परेको बताइएको छ ।
बिहान सुतिरहेका व्यक्तिहरुमा भूकम्पको धक्कापछि भागाभाग भएको थियो । सो भागाभागका कारण नै भारतमा एक सयजनाभन्दा बढी र बङ्गलादेशमा पनि त्यक्तिकै सङ्ख्याका नागरिक घाइते भएका बताइएको छ । यस धक्काले बङ्गलादेशको राजधानी ढाका निकै हल्लाएको बताइएको छ । राजधानी ढाकामा भवनहरु हल्लाएको र केही भवनमा क्षति पुगेको जनाइएको छ । भारतका अरु राज्यमा भएको क्षतिको विवरण आइसकेको छैन । त्यस्तै सो छिमेकै अन्य देशहरुबाट पनि क्षतिको विवरण आएको छैन । उद्वारको काम दू्रत रुपमा जारी रहेको भारतीय अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कैयौं आवासीय भवन र केही अस्पताल भवनमा समेत क्षति पुगेको बताइएको छ । अधिकारीहरुले मणिपुरमा धेरै नै क्षति पुगेको अनुमानस्वरुप सो क्षेत्रमा उद्वार र राहातका कार्यक्रमहरुलाई केन्द्रित गरिरहेको जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.