संविधान संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समयसीमा

0

काठमाडौं । व्यवस्थापिका–संसदले संविधान संशोधन विधेयकमा संशोधन प्रस्तावका दर्ता लागि ७२ घन्टाको समय दिएको छ । मधेसी मोर्चामा आबद्ध दलका सांसदको विरोधकाबीच सोमबार बसेको संसदको बैठकले संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ताका लागि ७२ घन्टाको समय दिएको हो । विधेयमाथि संसदमा भएको सैद्धान्तिक छलफलपछि सभामुख ओनसरी घर्तीले संशोधन प्रस्ताव सदनसमक्ष स्वीकृतिका लागि पेश गरेकी थिइन् । यसअघि, संसद बैठक सुरु हुनासाथ मधेसी मोर्चाका सांसदहरुले विरोध गर्दै नाराबाजी र बेल घेराउ गरेका थिए ।
त्यसपछि विधेयकमाथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको कानुनमन्त्री अग्निप्रसाद खरेलले जवाफ दिएका थिए । संसदमा बोल्दै मन्त्री खरेलले संविधानसभाले पारित गरी लागू गरेको संविधानमा संशोधनको विधेयक संविधानकै आधारमा ल्याएको बताए । उनले संविधानका केही विषयबाहेक सबै विषयमा संशोधन गर्न सकिने व्यवस्था भएको भन्दै संविधान लचिलो भएको बताए । संसदको अर्को बैठक मंगलबार (भोलि) दिउँसो १ बजे बस्ने छ ।

Leave A Reply

Your email address will not be published.