लोडसेडिङ फेरि बढ्यो, दैनिक १३ घण्टा विद्युत कटौती

0

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । दैनिक १३ घण्टाभन्दा बढी विद्युत कटौती गर्नेगरी प्राधिकरणले सोमबारबाट नयाँ तालिका लागू गर्ने भएको हो । यसअघि सातामा ७७ घण्टा विद्युत कटौती हुँदै आएकोमा नयाँ तालिका अनुसार अब सातामा ८४ घण्टा विद्युत कटौती हुनेछ ।
नयाँ तालिका अनुसार खाना पकाउने समय साँझ–बिहानमा साताका अधिकांश दिन विद्युत कटौती हुने भएको छ । ग्यासको अभावमा विद्युतीय सामाग्रीबाट खाना पकाउँदै आएका राजधानीबासीले लोडसेडिङको नयाँ तालिकाअनुसार थप सास्ती खेप्नुपर्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.