काँग्रेस उपसभापति पौडेल भारत प्रस्थान

0

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल पाँच दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन भारत जानुभएको उहाँको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग उच्च भेटवार्ता गर्नुहुने बताइएको छ । काँग्रेसको आसन्न १३ औँ महाधिवेशन नजिकिदै गर्दा सभापतिका उम्मेदवार ठानिएका उपसभापति पौडेलको भारतीय नेतासँग हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.