पर्यटन गन्तव्यका लागि नेपाल विश्वको उत्कृष्ट सूचीमा

0

काठमाडौं । सन् २०१६ को पर्यटन गन्तव्यका लागि नेपाल विश्वको उत्कृष्ट देशको सूचीमा पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक ‘रफ गाइड’ले विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गर्दै नेपाललाई पहिलो नम्बरमा राखेको हो ।
रफ गाइडले लेखेको छ, विध्वंशकारी भुकम्प र त्यसपछिका पराकम्पका कारण प्रभावित बनेको नेपालको पर्यटन उद्योग पुनः विस्तारै माथि उठ्ने क्रममा रहेको छ । भुकम्पपछि पदयात्रामार्ग खुलेको, हिम श्रृङ्खला, जंगली जनावरहरु बाघ, हात्ति, गैडा लगायत विविधता भरिपूर्ण नेपाल पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ ।
रफ गाइडको १० उत्कृष्ट देशको सूचीमा दोस्रो नम्बरमा कोलम्बिया परेको छ भने तेस्रो मुलुकमा क्युवा छ । यस्तै जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा छन् ।

Leave A Reply

Your email address will not be published.