एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्रीको उम्मेदवारी
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावकमा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुहुँदै ।
बालिका बलात्कारीलाई सात वर्ष जेल
इलाम, २३ असोज । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बरबोटे गाविस–३ का ३४ वर्षीय वीरेन लिम्बूलाई जिल्ला अदालत इलामले शुक्रबार सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जबर्जस्ती करणी ऐनको ३ (३)…
आत्मनिर्भर बन्न आह्वान
काठमाडौं, २३ असोज । ‘हाम्रो नेपाल र राष्ट्रियता अनन्त हाम्रो सवाल’ नामक अभियानले राष्ट्रियतालाई जोगाउँदै आत्मनिर्भर बन्न आह्वान गरेको छ । सेन्ट जेभियर्स कलेजमा अध्ययनरत विद्यार्थीले सञ्चालन गरेको सो अभियानले पछिल्लो पटकको नाकाबन्दीसँगै…
ओलीद्वारा उम्मेदवारी दर्ता
काठमाडौं, २३ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको लागि उम्मेदारी दर्ता गराएका छन् । ओलीले प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा राखेर उमेद्वारी दर्ता गरेका हुन् । एमाले,…
राप्रपा नेपालको साथ एमालेलाई
काठमाडौं, २३ असोज । प्रधानमन्त्रीका उमेद्वार केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ओलीलाई एमाओवादीले पनि सर्तसहित समर्थन गर्ने जनाएको छ । कांग्रेसले भन्दा एमालेले आफुहरुले राखेको सर्तमा सहमति…
सुशील पुनः प्रधानमन्त्रीका उम्मेदवार
काठमाडौं, २३ असोज । प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार छानेको छ। अहिले केहीबेर अघि तीन शीर्ष नेताबीच भएको छलफलमा कोइरालालाई उम्मेद्वार बनाउने सहमति भएको हो । …
आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं, २३ असोज । काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोक नजिक गएराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्युभएको छ । आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।…
ओली निवासमा वार्ता
भक्तपुर, २२ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भावी सरकार बनाउन आज ओली निवास बालकोटमा विभिन्न दलका नेताहरूबीच छलफल भएको छ । बिहानदेखि नै भएको छलफलपछि प्रतिक्रिया दिँदै एमाले वरिष्ठ नेता झलनाथ खनालले आज विभिन्न दलका…
ठुला दल एकजुट हुनुपर्ने
काठमाडौँ, २२ असोज । ठूला राजनीतिक दलले नयाँ संविधान कार्यान्वयनका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको कानुन व्यवसायीले जोड दिएका छन् । नेपाल बार एसोसिएसन, सङ्मणकालीन न्याय कानुन समिति र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सको संयुक्त आयोजनामा…
पर्यटकको चहलपहल
काठमाडौँ असनचोकको सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा परेवाको तस्बिर कैद गर्दै पर्यटक । भूकम्पपछि पर्यटकिय मौसममा राजधानीमा पर्यटकको चहलपहल देखिन थालेको छ ।