अत्यावश्यक सामग्रीको आपूर्ति गर : राष्ट्रसंघ

0

काठमाडौं, २९ असोज । संयुक्त राष्ट्रसंघले नेपालका भूकम्प प्रभावित स्थानका बासिन्दाका लागि ठन्डी सुरु हुनुअगावै विशेष मानवीय प्रबन्ध मिलाउन सरोकारवाला सबैमा आह्वान गरेको छ । नेपालस्थित राष्ट्रसंघीय कार्यालयले आसन्न शिशिरयामअगावै भूकम्प अतिप्रभावित उच्च हिमाली भेगमा अत्यावश्यक सामग्रीको आपूर्ति गरिसक्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै यसका लागि आह्वान गरेको हो ।
भूकम्पबाट प्रभावित उच्च स्थानका समुदायलाई कात्तिक १५ भित्रै खाद्य पदार्थ र बसोबासका सामग्री आपूर्ति गर्न नसके ठन्डीको मारबाट जोगाउन कठिन हुने नेपाल प्रमुख जेमी म्याकगोल्डरिकले उल्लेख गरे ।
भूकम्प प्रभावितकै लागि भनिएको १२ सय मेट्रिकटन अस्थायी आबासका सामग्रीको अझै ढुवानी हुन नसकेको राष्ट्रसंघीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इन्धन अभावका कारण विभिन्न जिल्लाका गोदाममा थन्किएका ती सामग्रीको ढुवानी र आपूर्तिमा अवरोध भएकाले हिमपात हुनुअगावै मानवीय सहायता कार्य कार्यान्वयनमा ध्यान दिन जरुरी भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.