विस्फोटक पदार्थसहित महिला पक्राउ

0

ताप्लेजुङ, २९ असोज । ठूलो परिमाणमा विस्फोटक पदार्थसहित प्रहरीले ताप्लेजुङबाट एक महिलालाई पक्राउ गरेको छ । सर्वाधिक खोजीको सूचीमा रहेका ताप्लेजुङको इखावु गाविसका देउमान लिम्बु ‘हाराहाङ’ समूहकी ३३ वर्षीया मनकुमारी चोङवाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका हाराहाङलाई पक्राउ गर्न गरेको सर्च अभियानका क्रममा ईखाबु–४ स्थित चौरीखर्कको एक गोठमा लुकीरहेको अवस्थामा सान्थाक्राकी चोङ्वाङलाई पक्राउ गरेको हो ।
चोङ्वाङसँगै रहेका अन्य ६ जना भने फायरिङ गर्दै भागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए । सर्चका अभियानमा प्रहरीले चारवटा भरुवा बन्दुक, एउटा पेस्तोल, एउटा कटुवा बन्दुक, तीन थान मोबाईल बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले विभिन्न भूमिगत संगठनका पर्चा, दस्तावेज साथै पाईप बम बनाउन प्रयोग गरिने ठूलो मात्रामा फलामका पाईप र बम बनाउन प्रयोग गरिने विस्फोटक सामाग्रीसहित केही बिजुलीको तारसमेत बरामद गरेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.