भन्सारका नासु घुससहित पक्राउ

भीमदत्तनगर, ३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले कैलालीको अग्रौला छोटी भन्सार कार्यालयका नायब सुब्बालाई घुससहित आइतबार साँझ पक्राउ गरेको छ । अख्तियारको क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरले दिएको…

बन्दले हुनेखानेभन्दा पनि हुँदाखाने मर्कामा

काठमाडौं, ३२ साउन । प्रदेशको सीमाङ्कनलाई लिएर असन्तुष्ट नेकपा–माओवादी, जनजाति र मधेस केन्द्रित दलहरुले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि काठमाडौँको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले कालीमाटीमा भारतीय बीआर ०६ सी ३९८० नम्बरको…

जुम्लामा बिहानैदेखि कर्फ्यु

खलङ्गा, ३२ साउन । स्वायत्त कर्णाली प्रदेश माग गर्दै जुम्लामा सुरू भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले आज पनि कर्फ्यू लगाएको छ। प्रदर्शनकारीले स्थानीय स्वायत्त शासन सञ्चालन गर्ने भन्दै जिल्लाका सरकारी कार्यालय कब्जामा लिएपछि…

बन्दको विकल्प खोजिदैंन : कर्ण

काठमाडौं, ३२ साउन । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सीमांकनको विरोधमा भइरहेको आन्दोलन यथास्थितीमा नरोकिने प्रष्ट पारेका छन् । उनले आन्दोलनको विकल्प खोज्नेबारे आफूहरुले नसोच्नेसमेत बताए । इमेज एफएमले सोमबार बिहान लिएको…

कपडा सिलाउने मेसिनदेखि महलसम्म

चालीसको दशकमा कञ्चनपुरको भीमदत्तनगर बजारमा दीपक दर्जीका दाजुभाइ दुईवटा मेसिनको सहारामा फड्कामा सिलाइको काम गर्थे । विसं २०३४ मा पुख्र्यौली घर बझाङको कँडेल गाविसबाट तराई झरेका दर्जी परिवारका जेठा भाइ हरिभक्त सुरुमा भारतीय सीमावर्ती बजारबाट…

भूकम्पको धक्का महसुस

काठमाडौँ, ३१ साउन । केहीबेरअघि काठमाडौँ, कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३.८ रिक्टर स्केलको परकम्प गएको छ । दिउसो ३ बजेर ४० मिनेट जाँदा गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको…

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

दैलेख, ३१ साउन । शनिबार राती पहिरोले घर पुरिँदा आमा छोरीसहित यहाँ तीन जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिएर नारायण नगरपालिका– ६ नमुना वस्तीका २० वर्षीया रुपा बादी तथा तिनका तीन वर्षीया छोरी सपना र दुई वर्षीय छोरा जितको मृत्यु भएको हो ।…

विद्युत् चोर्नेलाई बीस लाख जरिवाना

सुरुङ्गा (झापा), ३१ साउन । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले आर्थिक वर्ष २०७१÷७२ मा विद्युत् चोरीमा संलग्न १०१ जनालाई कारबाही गरेको छ । विद्युत् लाइनमा अङ्कुश हाल्ने र जडान गरिएको मिटरको लाइन काटेर विद्युत् चोरी गर्नेलाई…

सुरक्षित घर लोपोन्मुख वनकरिया

मकवानपुर हाँडीखोला गाविसको भित्री जङ्गल छेउमा बस्ने अति सीमान्तकृत एवम् लोपोन्मुख जाति वनकरियाले राज्यसँग जमिनको माग गरेका छन् । गएको साउन ४ र ५ गते नयाँ संविधानको मस्यौदामाथि भएको देशैभरको सुझाव सङ्कलबारे बेखबर रहेका वनकरिया जातिले सरकार र…