भूकम्पको धक्का महसुस

0

काठमाडौँ, ३१ साउन । केहीबेरअघि काठमाडौँ, कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३.८ रिक्टर स्केलको परकम्प गएको छ । दिउसो ३ बजेर ४० मिनेट जाँदा गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको केन्द्रबिन्दु काठमाडौँ नै भएकाले उपत्यकामा धक्का महसुस गरिएको थियो । परकम्पपछि काठमाडाँैँवासी बाहिर खुल्ला ठाउँमा निस्केका थिए ।
विनाशकारी भूकम्प गएको तीन महिनाभन्दा बढी भइसक्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । विनाशकारी ‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका ३७७ परकम्प गइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.