जुम्लामा बिहानैदेखि कर्फ्यु

0

खलङ्गा, ३२ साउन । स्वायत्त कर्णाली प्रदेश माग गर्दै जुम्लामा सुरू भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले आज पनि कर्फ्यू लगाएको छ। प्रदर्शनकारीले स्थानीय स्वायत्त शासन सञ्चालन गर्ने भन्दै जिल्लाका सरकारी कार्यालय कब्जामा लिएपछि प्रहरीले त्यसको प्रतिकार गरेको थियो।
स्थानीय प्रशासनका अनुसार बिहान ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू जारी गरिएको छ। यसअघि हिजो प्रहरीले चलाएको गोली लागि पाँचजना प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। प्रदर्शनकारीले आइतबार जिल्लाका सबै सरकारी कार्यालयका साइन बोर्ड हटाएका छन्। जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा रहेका बोर्ड हटाउन खोजेपछि प्रहरीसँग झडप सुरू भएको थियो। दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गर्दासमेत प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाउनु परेको स्थानीय प्रशासनले जनाएको छ।

Leave A Reply

Your email address will not be published.