विद्युत् चोर्नेलाई बीस लाख जरिवाना

0

सुरुङ्गा (झापा), ३१ साउन । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले आर्थिक वर्ष २०७१÷७२ मा विद्युत् चोरीमा संलग्न १०१ जनालाई कारबाही गरेको छ । विद्युत् लाइनमा अङ्कुश हाल्ने र जडान गरिएको मिटरको लाइन काटेर विद्युत् चोरी गर्नेलाई कारवाही गरिएको हो । कारबाहीबाट रु २० लाख एक हजार १२९ राजस्व सङ्कलन भएको प्राधिकरणका सूचना अधिकारी अधिकारीले प्राधिकरणका सूचना अधिकारी अनिल अधिकारीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७०÷७१ मा विद्युत् चुहावट २३ प्रतिशत रहेकाले त्यसलाई घटाउन विद्युत् प्राधिकरणले अनुगमनलाई तीव्र पारेको छ । शिक्षित तथा प्रतिष्ठित व्यक्तिले नै विद्युत् चोरी गरेको पाइएकाले उनीहरुलाई कारबाही गरिएसँगै चुहावट दरसमेत घटेको अधिकारीले बताउनुभयो । प्राधिकरणले विद्युत् चुहावटलाई नियन्त्रण गर्न अनुगमनलाई तीव्र पारेसँगै चुहावट दर १९.४८ प्रतिशतमा झरेको बताइएको छ ।
यस्तै, विद्युत् लाइन जडान गरेका तर नियमित महसुल नबुझाउने ४८५ जना ग्राहकबाट रु ४० लाख १७ हजार ३०७ असुल गरिएको कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.