सद्भावनाका सबै सभासद्ले राजीनामा दिने
काठमाडौं, १ भदौ । सद्भावना पार्टीले संविधानसभाबाट अलग हुने निर्णय गरेको छ । सद्भावना अध्यक्ष राजेन्द्र महतोले मंगलबार साँझ आफ्ना सबै ६ जना सभासदले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । प्रमुख दलले दुई तिहाइ बुहमतको दम्भ देखाएर ल्याएको…
घाँटी रेटेर हत्या गर्ने सार्वजनिक
काठमाडौं, १ भदौ । महानगरीय अपराध महाशाखा टेकुले राजेश्वर तामाङको हत्यामा सङ्लग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । काठमाडौँ नेपालटार बस्ने नुवाकोट उर्लेनी गाविस–२ काल्चेका मिस्त्री र ठेकेदार काम गर्ने ३४ वर्षीय ‘अमर’ भन्ने ध्रुवबहादुर…
भेटघाटमा प्रधानमन्त्री
संयुक्त राज्य अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको हाउस डेमोक्रेसी पार्टनरसिपका सभापति भर्न बुचाननको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग मङ्गलबार बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटघाट गर्नुहुँदै प्रधानमन्त्री सुशील कोइराला ।
बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न
बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । नेपाली भाषा तथा साहित्यको प्रचार प्रसार एवं संरक्षण गर्ने उदेश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सम्मेलन गरेको हो । सम्मेलनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा…
धर्ना प्रदर्शन
वीरगन्जको घण्टाघर चोकमा प्रदेशको सीमाङ्कनमा असहमति राखी धर्ना प्रदर्शन गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलका नेता कार्यकर्ता ।
सैन्य आधारभूत तालिम
नेपालीको सेनाको श्री नं. २५ वाहिनी अड्डामा सैन्य आधारभूत तालिमको दीक्षान्त समारोहमा अन्तिम दलील कवाज प्रस्तुत गर्दै सैन्य टोली ।
प्रहरी दमनविरुद्ध सभासदहरु
काठमाडौं, १ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै अधिकांश सभासद्ले सप्तरी जिल्लाको भारदहमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि प्रहरीले गोली प्रहार गरेकामा सरकारको आलोचना गर्नुभयो । सांसद मोहनकुमार राईले वर्षाका कारण…
सिरहाको मिर्चैया क्षेत्र तनावग्रस्त
लहान, १ भदौ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका कारण सोमबार साँझदेखि तनावग्रस्त बनेको सिरहाको मिर्चैयामा अझै प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन जारी राखेका कारण मिर्चैया क्षेत्र अझै शान्त हुन नसकेको हो ।…
करेन्ट लागेर दुईको मृत्यु
दमौली, १ भदौ । तनहुँको शुक्ला गण्डकी नगरपालिका–९ अर्चलेमा सोमबार राति ११ बजे विद्युत् हाई भोल्टेजका कारण ट्रान्समिटर पड्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई घरका छ जना घाइते भएका छन् ।
उनीहरु राति सुतिरहेका बेला ट्रान्समिटर…