सद्भावनाका सबै सभासद्ले राजीनामा दिने

0

काठमाडौं, १ भदौ । सद्भावना पार्टीले संविधानसभाबाट अलग हुने निर्णय गरेको छ । सद्भावना अध्यक्ष राजेन्द्र महतोले मंगलबार साँझ आफ्ना सबै ६ जना सभासदले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । प्रमुख दलले दुई तिहाइ बुहमतको दम्भ देखाएर ल्याएको संविधानको मस्यौदाले मधेसी, थारु, दलित, आदिवासी आदि समुदायको प्राप्त अधिकारलाई सुनियोजित तरिकाले समाप्त पार्ने षड्यन्त्र भएको जनाउँदै सद्भावनाले संविधानसभा छाड्ने निर्णय गरेको हो । यस्तै, महतोले काठमाडौंमा आफ्नो पार्टीको सम्पर्क कार्यालय मात्रै रहने र केन्द्रीय कार्यालय मधेसमै खुल्नेसमेत उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.