घाँटी रेटेर हत्या गर्ने सार्वजनिक

0

काठमाडौं, १ भदौ । महानगरीय अपराध महाशाखा टेकुले राजेश्वर तामाङको हत्यामा सङ्लग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । काठमाडौँ नेपालटार बस्ने नुवाकोट उर्लेनी गाविस–२ काल्चेका मिस्त्री र ठेकेदार काम गर्ने ३४ वर्षीय ‘अमर’ भन्ने ध्रुवबहादुर तामाङलाई आज सार्वजनिक गरेको हो ।
अभियुक्तलाई गर्दै वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले मृतकका भाइले आफ्ना दाजु बेपत्ता भएको प्रहरीलाई निवेदन दिएपछि खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय खरानीटार नुवाकोटको सहयोगमा अभियुक्त पत्ता लागेको बताउनुभयो ।
मृतकको शरीर गत साउन ३० गते काभ्रेस्थलीमा मृत अवस्थामा फेला परेको थियो । अभियुक्तले मृतक राजेश्वरलाई साउन २० गते खुकुरीले घाँटी रेटी हत्या गरेको बयान दिएको वरिष्ठ प्रहरी उपरीक्षक खनालले बताउनुभयो । महाशाखाले अभियुक्त तामाङलाई आवश्यक कानुनी कारबाहीको लागि आजै महानगरीय प्रहरी वृत्त बालाजुमा पठाएको छ । यस्तै प्रहरीले विदेश पठाउने वहानामा मानव तस्करी गरेको भन्दै उपत्यकामा रहेका १५ भन्दा बढी कन्सल्टेन्सीमा छापा मारेको छ ।

Leave A Reply

Your email address will not be published.