बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

0

बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । नेपाली भाषा तथा साहित्यको प्रचार प्रसार एवं संरक्षण गर्ने उदेश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सम्मेलन गरेको हो । सम्मेलनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक केन्द्रीय अध्यक्ष होमनाथ सुवेदी, समालोचक प्राध्यापक डा. खगेन्द्र प्रसाद लुइँटेल, मधुपर्क पत्रिकाका प्रधान सम्पादक श्री ओम रोदन, साहित्यकार एलवी क्षेत्री, रमेश अधिकरी, इन्द्र विकल्प, शेखर अधिकारी लगायतले भाग लिनुभएको थियो ।
सम्मेलनमा साहित्यकारले विभिन्न विद्यामा रचना वाचन गरेका थिए । यसैगरी कार्यक्रममा नेपाली साहित्यको विभिन्न आयाममा कार्यपत्र प्रस्तुत भएको समाजले जनाएको छ । समाजका अनुसार दिपेन्द्र केसीको कविता संग्रह, विमल गिरी र सौरभ करान्जितको मुक्तक संग्रहको विमोचन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.