सप्तरी अशान्त, विहानै ट्रकमा आगजनी
सप्तरी, ५ भदौ । सप्तरीको भारदह अझै शान्त हुन सकेको छैन । विहानै कोशी व्यारेजदेखि कंकालीनी मन्दिरको बीचमा बन्दकर्ताले एउटा ट्रकमा आगजनी गरेका छन् । तरकारी बोकेर पश्चिमतर्फ जाँदै गरेको ट्रकमा आगो लगाइएको हो । आगजनीबाट ट्रक पूर्णत ध्वस्त भएको…
एनआरएन बेल्जियमको उपाध्यक्ष पदका उम्मेदवार पदम गुरुङको अनुरोध
चारदिशा, बेल्जियम
एन आर एन बेल्जियमको उपाध्यक्ष पदका उम्मेदवार पदम गुरुङले बेल्जियमको नेपाली समुदायमा आफ्नो भाबि कार्ययोजना र आज सम्म आफुले गरेका सामाजिक गतिबिधीहरुको जानकारी गराउदै एन आर एन अभियानलाई अगाडि बढाउन आफ्ना प्रधिबद्धता सहित…
अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच तनाब
धनगढी, ४ भदौ । कैलाली जिल्लाको पूर्वी क्षेत्र दुर्गौलीमा आज अपराह्न अखण्ड सुदूरपश्चिम पक्ष र थारुहट पक्षका कार्यकर्ताबीच झडप भएपछि त्यहाँको स्थिति तनाबग्रस्त बनेको छ । अखण्ड सुदूरपश्चिम पक्षधरले आज आयोजना गरेको मोटरसाइकल यात्रालाई दुर्गौली…
सात प्रदेशमा नयाँ सहमति, फोरम लोकतान्त्रिक असहमत
काठमाडौँ, ४ भदौ । प्रमुख राजनीतिक दलबीच सात सङ्घीय प्रदेश बनाउने सहमति भएको छ । पछिल्लो पटक गत साउन २३ गते छ प्रदेश बनाउने सहमति भए पनि मुलुकका विभिन्न स्थानमा भएको जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने ध्येयका साथ थप एक प्रदेश बनाउने सहमति…
शान्तिपूर्ण धर्ना
बौद्ध, किराँत, इस्लाम, खिष्टियन, बोन धर्मसँग सम्बद्ध व्यक्तिले अन्तरिम संविधानमा व्यवस्था भए अनुसार नयाँ संविधानमा धर्मनिरपेक्षता कायम हुनुपर्ने माग गर्दै नयाँ बानेश्वरमा आयोजना गरेको शान्तिपूर्ण धर्नामा सहभागीहरु ।
विरोध -याली
नयाँ बन्ने संविधानमा विभिन्न माग राखेर आन्दोलित भएका थारु समुदायले भरतपुरमा निकालेको विरोध -याली ।
बागलुङ बजार
बागलुङको तित्याङ–९ सालबोटबाट देखिएको बागलुङ बजारको दृश्य । सदरमुकामदेखि तित्याङ जोड्ने गरि जिल्लाकै सबैभन्दा अग्लो तथा लामो झोलुङ्गे पुल बनेर आवागमनमा सजिलो भएपछि यसक्षेत्रको चहलपहल बढेको छ ।
घरको गारो भत्किएर दुईजनाको मृत्यु
बनेपा, ४ भदौ । काभ्रेपलाञ्चोकको टुकुचानाला-८ मा अविरल वर्षाका कारण गएराति घरको गोरो भत्किएर दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ वर्षीय लक्ष्मण केसी र ३५ वर्षीया गीता केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब…
धारिलो हतियार प्रयोग गरी हत्या
कावासोती, ४ भदौ । नवलपरासीको कावासोती–१३ स्थित बूढौलीकुनामा गएराति एक जनाको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार बूढौलीकुनाका ४८ वर्षका वीरबहादुर…
भैरहवा बजार आजदेखि खुल्यो
बुटवल, ४ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिको आयोजनामा नौ दिनदेखि हुँदै आएको तराई बन्दका क्रममा लगातार बन्द रहेको रुपन्देहीको जिल्ला सदरमुकाम भैरहवा बजार आज बिहानैदेखि खुलेको छ । लगातार नौ दिनसम्म शान्तिपूर्ण…