पोखराका गुरुङको शव जापानको जङ्गलमा

जापान । कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ । मृतकको हुलिया र पारिवारिक प्रमाणलगायतका…

मोर्चाले काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने

काठमाडौं । संविधानसभाबाट जारी भएको संविधानका केही बँुदाप्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले आज सिंहदरबार घेराउ गरेको छ । घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो । बिहान नौ बजेदेखि सिंहदरबारको हनुमानथान र माइतीघर…

मदन भण्डारी पुरस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एमाले पार्टी कार्यालयमा आयोजित २३ आँै मदन–आश्रित स्मृति दिवसका अवसरमा रु ५१ हजार र प्रमाणपत्रसहित फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३’ प्रदान गर्दै ।

सिंहदरबार घेराउ

संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमअन्तर्गत आइतबार माइतीघर क्षेत्रमा धर्नामा बसेका कार्यकर्ताहरु ।

इन्जिनियरले घुस मागे, नदिएपछि नाम छुटाइदिए : भूकम्पपीडित

गोरखा । “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४-१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिए मात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने प्रस्ताव राखे, मैले घुस…

राजनीतिक निर्णय हो, मेरो भन्नु केही छैन : उपाध्याय

काठमाडौं । भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो भन्नु केही नरहेको प्रतिक्रिया दिनुभएको छ । सरकारको निर्णयअनुसार आज स्वदेश फर्कनुभएका राजदूत उपाध्यायले…

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौं । पच्चीस सय साठिऔँ बुद्ध जयन्तीको अवसर पारेर सरकारले आगामी बिहीबार र शुक्रबार राजधानीमा आयोजना गर्ने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘नेपाल ः भगवान् बुद्धको जन्मस्थल एवम् बुद्ध धर्मको उद्गमस्थल’ विषयक…

सरकार परिवर्तनको आवश्यकता छैनः नेताहरु

काठमाडौं । वर्तमान सरकार परिवर्तनको कुनै आवश्यकता नरहेको नेताहरुले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेकोे साक्षात्कारमा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले सरकार परिवर्तनको कुनै आवश्यकता नभएको बताउनुभयो । उहाँले…

बैद्य माओवादी फुट्यो

काठमाडौं । मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) पार्टी अन्ततः विभाजित भएको छ । पार्टीका सङ्गठन विभाग प्रमुख रामबहादुर थापाको नेतृत्वमा आज पार्टीको जनवर्गीय सङ्गठनको कार्यालय कुपण्डोलमा उहाँ पक्षधर केन्द्रीय सदस्यको…

सर्वदलीय बैठक निष्कर्षहीन

काठमाडौं । व्यवस्थापिका संसद नियमावलीमा देखिएको विवाद समाधानका लागि बोलाइएको सर्वदलीय बैठक निष्कर्षहीन भएको छ । नियमावलीमा देखिएको विवादलाई सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका दललाई…