एनआरएन बेल्जियमको उपाध्यक्ष पदका उम्मेदवार पदम गुरुङको अनुरोध

0

चारदिशा, बेल्जियम

एन आर एन बेल्जियमको उपाध्यक्ष पदका उम्मेदवार पदम गुरुङले बेल्जियमको नेपाली समुदायमा आफ्नो भाबि कार्ययोजना र आज सम्म आफुले गरेका सामाजिक गतिबिधीहरुको जानकारी गराउदै एन आर एन अभियानलाई अगाडि बढाउन आफ्ना प्रधिबद्धता सहित सम्पूर्ण बेल्जियमबासी  नेपाली समुदायलाई सहयोगको लागि अनुरोध गरेका छन ,,

उनको अनुरोध पत्र

बेल्जियमका सम्पूर्ण गैर आबासिय नेपाली समुदायमा हार्दिक अनुरोध

अहिले सम्म मैले के के प्रयत्नहरु गरेँ –

सन् २००० मा तमू समाज बेल्जियमको संस्थापक उपाध्यक्षको रूपमा काम शुरु गरेको ।

– सन् २००३ मा कला र संगीत क्षेत्रका सर्जक र अभियन्ताहरुलाई सम्मनित र प्रोत्साहित गर्न Everest Award प्रतिस्ठान खोली अभिनन्दन समारोह सम्पन्न गरेको ।

– सन् २००३ मा BNTB क्लबको सँयोजक भएर नेपाली समुदायको सुख दु:ख साट्ने थलोको रूपमा स्थापित गर्न लागि परेको ।

– सन् २००९ देखि हाल सम्म दुई कार्यकाल नेपाली लोक संस्क्रिति, परम्परालाई प्रवाशमा जीवन्त राख्न ‘यूरो नेपाल कलाकार संघ, बेल्जियम’को नेत्रित्वमा रहेर नेपाल र नेपाली सस्कृति चिनाउन हरेक संघ संस्थाले गर्ने कार्यक्रममा सक्दो सहयोग पु-र्याउदै आएको ।

– नेपाल महोत्सब सम्पन्न गर्न तथा नेपाली बालबालिकाहरुलाई आफ्नो संस्क्रिति प्रति झुकाब र आकर्षित तुल्याउन अग्रणी भूमिका खेल्दै आएको ।

– सन् २०१३ मा एनआरएनए बेल्जियम अन्तर्गत ‘नेपाल लगानी बोर्ड’को संयोजकको भूमिका निर्बाह गरि नेपालमा लगानी भित्र्याउन एक हद सम्म सफल भएको ।

– सन् २०१३-२०१५ कार्यकालको एनआरएनए बेल्जियमको सल्लाहाकार भएर काम गर्दै आएको ।

– सन् २०११ देखि Shushi ब्यवसायमा संलग्न रहदै समाजका परोपकारी कार्यमा आफ्नो हैसियत अनुसार आर्थिक भौतिक नैतिक सबै प्रकारको सहयोग समर्थन गर्दै आएको । मेरो उम्मेदवारि किन ?

– कला र संगीत क्षेत्रको अनुभबलाई एनआरएनए मार्फत अरु ब्यापक बनाउन । –

-एनआरएनए मार्फत नेपाली सन्स्कृतिको थप संरक्षण र सँबर्द्धन गर्न ।

– बेल्जियमको नेपाली समुदायलाई Ethnic Minority को रूपमा मान्यता दिलाउन पहल गर्न ।

– बेल्जियमबाट नेपालमा भए गरेका लगानीहरुको यथोचित रेखदेख गर्न ।

– एनआरएनएलाई बेल्जियमबासी नेपालीको साझा सबल र दिगो संस्थाको रूपमा अरु परिस्क्रित गर्न ।

– नयाँ पुस्तालाई एन आर एन अभियानमा आकर्षित र थप सकृय बनाउन । अत, यहाँहरु सबैले मेरो एनआरएनएमा उपाध्यक्ष पदको उम्मेदवारीलाई समर्थन सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।

पदम गुरुङ

उपाध्यक्ष पदको उम्मेदवार

गैर आबासिय नेपाली संघ बेल्जियम

Leave A Reply

Your email address will not be published.