अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच तनाब

0

धनगढी, ४ भदौ । कैलाली जिल्लाको पूर्वी क्षेत्र दुर्गौलीमा आज अपराह्न अखण्ड सुदूरपश्चिम पक्ष र थारुहट पक्षका कार्यकर्ताबीच झडप भएपछि त्यहाँको स्थिति तनाबग्रस्त बनेको छ । अखण्ड सुदूरपश्चिम पक्षधरले आज आयोजना गरेको मोटरसाइकल यात्रालाई दुर्गौली क्षेत्रमा थरुहट पक्षका कार्यकर्ताले अवरोध गरेपछि दुवै पक्षबीच दोहोरो ढुङ्गा हानाहान भई उत्पन्न तनाब नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रयोग गर्नुपरेको थियो ।
सोक्रममा प्रदर्शनकारीको ढुङ्गा लागेर प्रहरी जवान रमेश खड्का गम्भीर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज पठाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कैलालीका प्रजिअ राजकुमार श्रेष्ठले दुवै पक्षबीच ढुङ्गा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पार्नुपरेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.