सप्तरी अशान्त, विहानै ट्रकमा आगजनी

0

सप्तरी, ५ भदौ । सप्तरीको भारदह अझै शान्त हुन सकेको छैन । विहानै कोशी व्यारेजदेखि कंकालीनी मन्दिरको बीचमा बन्दकर्ताले एउटा ट्रकमा आगजनी गरेका छन् । तरकारी बोकेर पश्चिमतर्फ जाँदै गरेको ट्रकमा आगो लगाइएको हो । आगजनीबाट ट्रक पूर्णत ध्वस्त भएको छ । बन्दकर्ताले खानेपानी, तरकारी, प्रेस, दूधका गाडीलाई क्षति नपुर्‍याउने जनाएपनि आक्रमण भने रोकेका छैनन् ।
बुधबार प्रहरीको गोली लागेर मृत्यु भएका राजीव राउतलाई शहीद घोषणा, परिवारलाई क्षतिपूर्ति र घटनाको छानविन गर्न माग गर्दै प्रदर्शन जारी राखिएको छ । उनीहरुले माग पूरा नभएसम्म शव नबुभ्ने बताएका छन् । शुक्रबार राति पनि भारदह १ मा प्रहरीको स्कटिङमै रहेको एउटा बसमा ढुंगामुढा गर्दा अनियन्त्रित भई बस पल्टिएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको विराटनगरमा उपचार भइरहेको छ । सप्तरीकै पोर्ताहमा प्रहरी स्कर्टिङमा रहेको एउटा मालवाहक ट्रकमा पनि सामानसहित आगो लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.