भेटघाट

प्रधानमन्त्री सुशील कोइरालासंग भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधान भेटघाट गर्नुहुँदै ।

सभासद्

व्यवस्थापिका संसदको सोमबारको बैठकमा सहभागी नेकपा एमालेका अध्यक्ष, पूर्व अध्यक्ष, उपाध्यक्ष तथा अन्य सभासद्हरु ।

कैलालीलगायतका जिल्लामा सेना परिचालन

काठमाडौं, ७ भदौ । सरकारले सुरक्षा स्थिति विग्रदै गएको निश्कर्ष निकाल्दै कैलालीलगायतका केही जिल्लामा सेना परिचालन गर्ने निर्णय गरेको छ। कैलालीमा भएको हिंसात्मक घटनापछि गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको सोमबार अपरान्ह बसेको…

टीकापुर दङ्गा : झडपमा एसएसपी न्यौपानेसहित १९ को मृत्यु

धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा आन्दोलनकारी थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित १६ जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । आज दिउँसो भएको झडपमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा…

बिपीको सालिक तोडफोड

रौतहट, ७ भदौ । गौर नगरपालिकास्थित बिपी चोकमा रहेको बिपी कोइरालाको सालिकमा आइतबार तोडफोड भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिपी कोइरालाका सालिकमा तोडफोड गरेका हुन् । मोर्चाद्वारा गरिएको लाठी प्रदर्शनसहितको जुलुसको…

संविधानको विधेयकमाथि बुधबारदेखि छलफल

काठमाडौं, ७ भदौ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ संविधानसभामा पेश भएको छ। राप्रपा नेपालका सभासदको चर्को नारावाजी र मधेसवादी दलका सभासदको विरोधकाबीच संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले परिमार्जित विधेयक संविधानसभाको…

गोरखा दरबारको मर्मत सकियो

गोरखाबजार, ७ भदौ । विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ । रक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार क्षेत्र प्रवेश गर्न रोक…

द्वन्द्वपीडितकी आमा भीख माग्दै

गुलरिया (बर्दिया), ७ भदौ । द्वन्द्वमा मारिएका मगरागाडी गाविस– ४ मानपुर गाउँका वसन्त थारुकी आमा फक्किया थरुनीे भीख मागेर पेट पालिरहेकी छन् । थरुनी भन्नुहुन्छ ‘‘हालसम्म न त मेरो छोरोको लास भेटिएको छ, न त सास भेटिएको छ, मलाई पाल्ने छोरा…

डा. केसी आजबाट अनशन बस्ने

काठमाडौं, ७ भदौ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी आज (सोमबार) बाट आमरण अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा नीतिसम्बन्धी डा. केदारभक्त माथेमा नेतृत्वको कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनको माग गर्दै उनी अनशन बस्न लागेका…

उद्योग परिसरमा सुतली बम विस्फोट

विराटनगर, ७ भदौ । विराटनगर–१८ स्थित एमएम प्लास्टिक उद्योगको परिसरमा गएराति १०ः३० बजे अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ । नम्बर नखुलेको मोटरसाइकलमा चढेर आएका दुई जनाले उद्योगको पश्चिमपट्टिको गेटबाट सो बम फालेर फरार भएको सुरक्षागार्डलाई…