स्वचालित पेस्तोलसहित एक पक्राउ

लहान, ३१ भदौ । मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजार जयनगरबाट मोटरसाइकल चढेर सिरहा आउँदै गरेको…

संविधान पारितसँगै निजी क्षेत्र उत्साहित

चितवन, ३१ भदौ । लामो समयको पर्खाइपछि नेपालमा संविधानसभाबाट संविधान पारित भएपछि आर्थिक समृद्धितर्फ मुलुक जाने भन्दै निजी क्षेत्र हर्षित भएको छ । स्थायी सरकार बन्ने र अन्तर्राष्ट्रिय जगत्मा नेपालको सकारात्मक सन्देश प्रवाह हुने भन्दै लगानीको…

अस्ट्रियामा मःम बेचेर भूकम्पपीडितलाई राहत

रत्ननगर, ३१ भदौ । अस्ट्रियामा मःम र समोसा बेचेर सङ्कलन गरेको रकमबाट एक परिवारले चितवनको विकट कविलासमा ५० भूकम्पपीडितलाई राहत उपलब्ध गराएको छ । अस्ट्रिया निवासी इलमार मुलरको नेतृत्वमा आएको एक टोलीले कविलास गाविसको चौकीडाँडामा पुगेर रु दुई…

नयाँ सरकार गठनको गृहकार्य

काठमाडौं, ३१ भदौ । नयाँ संविधान असोज ३ गते जारी हुने निश्चित भएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । नयाँ सत्ता समीकरणका लागि एमालेले सक्रियता बढाएको हो । प्रमुख दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारको नेतृत्व एमालेले गर्ने जनाइएको छ…

प्रधानमन्त्रीले थरुहटसँग वार्ता गर्ने

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले थरुहट संघर्ष समितिसँग वार्ता गर्दैछन् । बिहीबार बिहान ९ बजे बालुवाटारमा दुई पक्षबीच वार्ता हुने भएको हो । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का प्रमुख सचेतक रामजनम चौधरीका अनुसार वार्ताका…

असोज ३ र ४ गते बिदा

काठमाडौं, भदौ ३१ । संविधानसभाले नयाँ संविधान घोषणाको अवसरमा दुई दिन बिदा दिन प्रस्ताव गरेको छ । संविधानसभाले असोज ३ र ४ गते सार्वजनिक विदा दिन सरकार समक्ष प्रस्ताव गरेको हो । संविधानसभाले गरेको प्रस्तावमाथि मन्त्रिपरिषद्ले औपचारिक निर्णय…

अनेसास बेल्जियमले मोती जयन्ती मनाउदै

चारदिशा ,लुभेन,  बेल्जियम युवाकवि मोतीराम भट्टको १५० औँ जन्मजयन्ती बेल्जियमको लुभेन शहरमा आगामी २० सेप्टेम्वर आइतवार कवि गोष्ठीको आयोजना गरी मनाइने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा हुने उक्त जन्मजयन्तीमा…

पञ्चामृत पिलाउँदै

खुल्लामञ्चमा १७ दिनदेखि अनसनरत युवालाई अनसन तोडाउने क्रममा पञ्चामृत पिलाउँदै जगतगुरु बालसन्त मोहनशरण देवाचार्य ।

संविधानका सबै धारामा मतदान प्रक्रिया सम्पन्न

काठमाडौँ, ३० भदौ । संविधानसभाले ‘नेपालको संविधान, २०७२ को परिमार्जित विधेयक’ मा समावेश ३०२ धारामाथि मतदान प्रक्रिया सम्पन्न गरेको छ । संविधानसभामा विगत चार दिनदेखि जारी मतदान प्रक्रियामा विधेयकमा उल्लिखित धारा, अनुसूची, प्रस्तावना,…

असोज ३ मा दिपावली गर्न कांग्रेस एमालेको आह्वान

प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान जारी हुने दिन असोज ३ गते घरघरमा दीपावली गरी विजयोत्सव मनाउन आह्वान गरेका छन् । कांग्रेस र एमालेले बुधबार विज्ञप्ति जारी गरी संविधानले जनताको सर्वोच्चता र सम्प्रभुता स्थापित गरेको भन्दै…