नयाँ सरकार गठनको गृहकार्य

0

काठमाडौं, ३१ भदौ । नयाँ संविधान असोज ३ गते जारी हुने निश्चित भएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । नयाँ सत्ता समीकरणका लागि एमालेले सक्रियता बढाएको हो । प्रमुख दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारको नेतृत्व एमालेले गर्ने जनाइएको छ ।
संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको निर्वाचन हुनेछ । कांग्रेस, एमाले र एमाओवादीबीच सत्तासमीकरणको भागवण्डा हुने निश्चित छ । एमालेले सरकारको नेतृत्व गरेमा कांग्रेसले राष्ट्रपति, एमाओवादीले सभामुख पद पाउने लगभग निश्चित छ । यसअघि मधेसवादी दललाई उपराष्ट्रपति पद दिने चर्चा चलेको भए पनि संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा संविधानसभाबाट मधेसवादी दलहरु बाहिरिएका कारण उपराष्ट्रपति पद कुन दलले पाउने हो भन्ने प्रष्ट हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.