असोज ३ मा दिपावली गर्न कांग्रेस एमालेको आह्वान

0

प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान जारी हुने दिन असोज ३ गते घरघरमा दीपावली गरी विजयोत्सव मनाउन आह्वान गरेका छन् । कांग्रेस र एमालेले बुधबार विज्ञप्ति जारी गरी संविधानले जनताको सर्वोच्चता र सम्प्रभुता स्थापित गरेको भन्दै दीपावलीका लागि आह्वान गरेका हुन् ।
कांग्रेसले निकालेको विज्ञप्तिमा ‘यो संविधानले नेपालको राष्ट्रिय एकता र लोकतान्त्रिक पहिचानको नयाँ आधार तय गरेको’ जनाएको छ । यसैगरी, एमालेलेसमेत बुधबारै विज्ञप्ति जारी गरी ‘संविधान घोषणा हुने दिन राष्ट्रिय एकता र उल्लासको महत्वपूर्ण दिन भएकाले संविधानको घोषणामार्फत् नेपाली नागरिकको विजय सन्देश प्रवाह गर्न असोज ३ गते बेलुकी आ–आफ्ना घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दीपावली गर्न सबैलाई आह्वान’ गरेको छ ।

Leave A Reply

Your email address will not be published.