असोज ३ र ४ गते बिदा

0

काठमाडौं, भदौ ३१ । संविधानसभाले नयाँ संविधान घोषणाको अवसरमा दुई दिन बिदा दिन प्रस्ताव गरेको छ । संविधानसभाले असोज ३ र ४ गते सार्वजनिक विदा दिन सरकार समक्ष प्रस्ताव गरेको हो । संविधानसभाले गरेको प्रस्तावमाथि मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्न भने बाँकी नै छ । संविधानसभाले नयाँ संविधान दुर्इ तिहाइले पारित गरिसकेको छ भने असोज ३ गते संविधान जारी गर्ने कार्यसूची बनाइएको छ ।

Leave A Reply

Your email address will not be published.