आज दशरथ रंगशालामा एमालेको चियापान
काठमाडौं, ५ असोज । नयाँ संविधान जारी भएको अवसरमा नेकपा एमालेले सोमबार राजधानीमा चियापान कार्यक्रम गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म चियापान कार्यक्रम गर्ने एमालेले जनाएको छ ।
१ बजेदेखि ३ बजेसम्म…
संविधानमा जनताका अधिकार ऐनाजस्तै : अध्यक्ष ओली
काठमाडौँ, ४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा जनताका हक अधिकार ऐनाजस्तै छर्लङ्ग भएको बताउनुभएको छ । नेपालको संविधान, २०७२ कोे स्वागतमा आज टुँडिखेलमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…
डेनिस राजकुमार फ्रेडरिक
डेनिस राजकुमार फ्रेडरिक नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालिमाटीमा सोसाइटीका गतिविधिका बारे जानकारी लिँदै ।
विशेष स्वागत समारोह
सैनिक मञ्च टुँडिखेलमा नयाँ संविधान जारी भएको खुसियालीमा आयोजना गरिएको विशेष स्वागत समारोहमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरु ।
राष्ट्रपति जलपानमा सरिक
काठमाडौँ, ४ असोज । नेपालको संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले आज आयोजना गर्नुभएको जलपान समारोहमा राष्ट्रपति डा रामवरण यादव सरिक हुनुभयो । सिंहदरबारस्थित ग्यालरी बैठक प्राङ्गणमा आयोजित चियापान समारोहमा सभामुख,…
नयाँ संविधानमा तीन तहको राज्यको संरचना सुनिश्चित
काठमाडौँ, ४ असोज । ‘नेपालको संविधान, २०७२’ ले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्यको संरचनालाई सुनिश्चित गरेको छ । नेपालको राज्यशक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुनबमोजिम गर्ने प्रावधान सुनिश्चित गर्दै संविधानमा…
पति गुमाए पनि संविधान लेख्न पाएँ : सभासद् खड्का
बागलुङ, ४ असोज । संविधानसभाको उपनिर्वाचनमा विजयी हुँदा सभासद् चम्पादेवी खड्कासँग एउटै सपना थियो, पतिको संविधान लेख्ने इच्छा पूरा गर्नु । आज उहाँको सपना मात्र साकार भएको छैन, करोडौँ नेपालीको पनि भाग्यको फैसला भएको छ ।
पति वियोगको कठिन घडीमा…
रोटरी फिस्टेलले विद्यालयलाई रु ७० लाख दिने
कास्की, ४ असोज । रोटरी क्लब अफ पोखरा फिस्टेलले वैशाख १२ को भूकम्पका कारण भत्किएको एक विद्यालय निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ । कास्कीको रुपाकोटस्थित पृथ्वीरुपा माविको नयाँ भवन निर्माण गर्न फिस्टेलले रु ७० लाख उपलब्ध गराउन लागेको…
कुवेतमा योङहाङको मृत्यु
दमक, ४ असोज । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका झापा, शिवसताक्षी नगरपालिका–८ बाइसबिघे निवासी गङ्गाप्रसाद योङहाङको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रोजगारीका क्रममा १६ महिना अघिदेखि कुवेतस्थित अल्मलिया कम्पनीमा कार्यरत योङहाङको दुई…
नयाँ संविधान आएकोमा प्रवासी नेपालीमा खुशीयाली
काठमाडौं, ४ असोज । प्रवासी नेपालीहरुले पनि नयाँ संविधान जारी भएकोमा खुशी प्रकट गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसी अध्यक्ष शेष घलेले नयाँ संविधानबाट आफू आशावादी भएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेपाली जनता…