राष्ट्रपति जलपानमा सरिक

0

काठमाडौँ, ४ असोज । नेपालको संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले आज आयोजना गर्नुभएको जलपान समारोहमा राष्ट्रपति डा रामवरण यादव सरिक हुनुभयो । सिंहदरबारस्थित ग्यालरी बैठक प्राङ्गणमा आयोजित चियापान समारोहमा सभामुख, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, तीन वटै सुरक्षा निकायका प्रमुख, मुख्य सचिव, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् सांसदको उपस्थिति सहभागिता थियो । राष्ट्रपति डा यादवले संविधानसभाको आइतबारको विशेष बैठकमा ‘नेपालको संविधान’ प्रारम्भ भएको घोषणा गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.