रोटरी फिस्टेलले विद्यालयलाई रु ७० लाख दिने

0

कास्की, ४ असोज । रोटरी क्लब अफ पोखरा फिस्टेलले वैशाख १२ को भूकम्पका कारण भत्किएको एक विद्यालय निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ । कास्कीको रुपाकोटस्थित पृथ्वीरुपा माविको नयाँ भवन निर्माण गर्न फिस्टेलले रु ७० लाख उपलब्ध गराउन लागेको हो । विद्यालय र क्लबबीच रकम उपलब्ध गराउने सम्झौता भएको छ । क्लबका अध्यक्ष तेज गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रबहादुर सुयलले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
क्लबले छ कोठा र शौचालयसमेत निर्माण गर्नेछ । क्लबका तर्फबाट विद्यालय निर्माण समितिका संयोजक रहेका रमाकान्त बरालले विद्यालय निर्माणसँगै पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक जगत लामिछानेले स्थानीय जनसहभागितामा सञ्चालनमा रहेको विद्यालय निर्माण गर्ने कार्य कठिन रहेको अवस्थामा क्लबले पु-याएको सहयोग सराहनीय रहेको बताउनुभयो । एक वर्षमा विद्यालयको निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको क्लबका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.