आज दशरथ रंगशालामा एमालेको चियापान

0

काठमाडौं, ५ असोज । नयाँ संविधान जारी भएको अवसरमा नेकपा एमालेले सोमबार राजधानीमा चियापान कार्यक्रम गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म चियापान कार्यक्रम गर्ने एमालेले जनाएको छ ।
१ बजेदेखि ३ बजेसम्म सर्वसाधारणका लागि र ३ बजेदेखि ५ बजेसम्म दलका नेता, कुटनीतिक नियोगका प्रतिनिधिलगायतलाई उपस्थित हुन एमालेले आग्रह गर्दै पत्राचार गरेको छ ।
एमाले चियापान कार्यक्रममा सहभागी हुन आग्रह गर्दै ४० हजार निमन्त्रणा कार्ड वितरण गरेको छ । हरेक वर्ष दशैं–तिहार र छठ पर्वका अवसरमा चियापान गर्दै आएको एमालेले यसपटक भने दसैं अगाडी नै संविधान जारी भएको अवसरमा चियापान गरेको हो । तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले सुरुवात गर्नु भएको चियापानलाई एमालेले निरन्तरता दिँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.