राष्ट्र सङ्घ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डल न्युयोर्कमा

न्युयोर्क (अमेरिका), ८ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंह संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्क आइपुग्नुभएको छ । सो प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर…

नेफ्टा अवार्डका लागि कलाकार कतारमा

कतार, ७ असोज । नेपाली चलचित्र प्रविधि सङ्घद्वारा वितरण हुने नेफ्टा अवार्ड–२०७२ मा सहभागी हुन वरिष्ठ कलाकार र सूचना तथा सञ्चारमन्त्री डा मीरेन्द्र रिजाल कतार आइपुग्नुभएको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाको समन्वयमा सम्पन्न हुन…

पेट्रोलको अभाब

पेट्रोलको कृत्रिम अभावको सृजना भएकाले पेट्रोल हाल्न पङ्क्तिबद्ध मोटरसाइकिल चालकहरु ।

युरोपेली सङ्कटको युरेसियाली समाधान

पूर्वराष्ट्रपति भिक्टोर यानुकोभिचलाई सत्ताच्युत गरिएको १८ महिनाभन्दा बढी भइसक्दा पनि युक्रेनको सङ्कट जस्ताको त्यस्तै छ । क्रिमियालाई पुनःरसियाले लिएको छ, (कतिले त यसलाई रसियामा गाभिएको पनि भन्छन्), पूर्वी युक्रेनको अधिकांश भूभाग रसिया…

शीर्ष नेताको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी ।

संविधानपछि एमाले स्थायी कमिटी बैठक

काठमाडौं, ७ असोज । संविधान जारीपछिको अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले संविधानको स्वागत र सद्भाव विस्तारका लागि तराई मधेसमा…

काठमाडौंमा स्वाइन फ्लुको संक्रमण देखियो

काठमाडौं, ७ असोज । राजधानीमा स्वाइन फ्लुको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वाइन फ्लुको आशंकामा परिक्षणका लागि आएका मध्ये ४ जनामा स्वाइन फ्लुको संक्रमण पाइएको अस्पतालले जनाएको छ । एक जनाको भने स्वास्थ्य गम्भीर…

ट्रकमा आगजनी गर्ने तीन युवक पक्राउ

इलाम, ७ असोज । मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–९ भालुझोडामा बुधबार साँझ ट्रकमा पेट्रोल छर्किएर आगजनी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शान्तिनगर–१ का सुरज थेवे, सुजन लिम्बू र अरुण मावो रहेका छन् ।…

संयुक्त सङ्घर्ष समितिको आमहडताल फिर्ता

इलाम, ७ असोज । लिम्बुवान् संयुक्त सङ्घर्ष समितिले चार दिनदेखि आह्वान गरेको पूर्वका नौ जिल्लाका आमहड्ताल फिर्ता लिएको छ । आन्दोलनकारी दल र प्रमुख तीन राजनीतिक दलबीच झापामा चारबुँदे सहमति भएपछि आमहडताल फिर्ता लिएको हो । समितिको एक घटक सङ्घीय…

पत्नी हत्यारालाई जन्मकैद

मन्थली, ७ असोज । आफ्नै कान्छी श्रीमतीलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको अभियोगमा जिल्ला अदालत रामेछापले आज मन्थली नगरपालिका–४ डुम्रीबोटेका २९ वर्षीय रमेश विकलाई सर्वस्वसहित जन्मकैदको फैसलासुनाएको छ । जिल्ला न्यायाधीश किरणप्रसाद…