संयुक्त सङ्घर्ष समितिको आमहडताल फिर्ता

0

इलाम, ७ असोज । लिम्बुवान् संयुक्त सङ्घर्ष समितिले चार दिनदेखि आह्वान गरेको पूर्वका नौ जिल्लाका आमहड्ताल फिर्ता लिएको छ । आन्दोलनकारी दल र प्रमुख तीन राजनीतिक दलबीच झापामा चारबुँदे सहमति भएपछि आमहडताल फिर्ता लिएको हो । समितिको एक घटक सङ्घीय लिम्बुवान् पार्टी नेपाल इलामका अध्यक्ष डम्बर लोरिङदेनले आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना सबै जिल्लाका कार्यकर्तालाई रिहाइका लागि पहल गर्ने, आइन्दा बन्द हडताल कार्यक्रम नगर्ने, तोडफोड भएको सङ्घीय लिम्बुवान् पार्टीको केन्द्रीय कार्यालय दमकको तीन दलले नैतिक जिम्मेवारी लिने र क्षतिपूर्तिका लागि राज्यसँग पहल गर्ने सहमति भएपछि आमहडताल फिर्ता लिएको बताउनुभयो । सहमतिपछि समितिले गरेको अरुण पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, सङ्खुवासभा, धनकुटा र तेह्रथुम जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ । बन्द रहेका विद्यालय, पसल, कलकारखाना, उद्योग, बजारसमेत आजदेखि खुलेका छन् ।

Leave A Reply

Your email address will not be published.