पत्नी हत्यारालाई जन्मकैद

0

मन्थली, ७ असोज । आफ्नै कान्छी श्रीमतीलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको अभियोगमा जिल्ला अदालत रामेछापले आज मन्थली नगरपालिका–४ डुम्रीबोटेका २९ वर्षीय रमेश विकलाई सर्वस्वसहित जन्मकैदको फैसलासुनाएको छ । जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको इजलासले विकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार मनोजकुमार श्रीवास्तवले जानकारी दिनुभयो । अभियुक्त विकले गत साउन २२ गते साँझ सदरमुकाम मन्थलीबाट घर जाने बहानामा मन्थली नगरपालिका–१ को गुहाखोला नजिकैको जङ्गलमा पु-याएर २८ वर्षीया कान्छी श्रीमती इन्द्रा खत्रीलाई कुटपिट हत्या गरेका थिए ।
विक १४ महिनाकी छोरीलाई समेत पिटेर घाइते बनाई बेहोस अवस्थामा जङ्गलमा नै छाडेर हिँडेका थिए ।

Leave A Reply

Your email address will not be published.