नेफ्टा अवार्डका लागि कलाकार कतारमा

0

कतार, ७ असोज । नेपाली चलचित्र प्रविधि सङ्घद्वारा वितरण हुने नेफ्टा अवार्ड–२०७२ मा सहभागी हुन वरिष्ठ कलाकार र सूचना तथा सञ्चारमन्त्री डा मीरेन्द्र रिजाल कतार आइपुग्नुभएको छ ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाको समन्वयमा सम्पन्न हुन लागेको आठाँै नेफ्टा अवार्ड नेपाली समयानुसार आज राति सम्पन्न हुने छ । अवार्ड वितरण समारोहमा सहभागी हुन मह जोडी, नीर शाह, आर्यन सिग्देल, निखिल उप्रेती, केकी अधिकारी, ऋचा शर्मा, सञ्चिता लुइँटेल तथा पत्रकारसहित ८० जनाको टोली यहाँ आइपुगेको हो । कार्यक्रमको मन्त्री डा रिजालले उद्घाटन गर्नुहुनेछ ।
विसं २०५६ देखि सुरु गरिएको अवार्डको पाँचाँै संस्करणसम्म नेपालमा नै आयोजना गरिए पनि छैटौँ मलेसिया, सातौँ हङकङ हँुदै यस वर्ष कतारमा हुन लागेको अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारका अध्यक्ष शक्ति क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न ३६ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.