संविधानपछि एमाले स्थायी कमिटी बैठक

0

काठमाडौं, ७ असोज । संविधान जारीपछिको अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले संविधानको स्वागत र सद्भाव विस्तारका लागि तराई मधेसमा पार्टीले सञ्चालन गर्ने अभियानका बारेमा पनि बैठकमा छलफल हुनेछ ।
यसैबीच, आदिवासी-जनजाति समुदायको माग पूरा नगरी संविधान जारी भएकोमा असन्तुष्टि जनाउँदै एमाले ललितपुरका पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य वासुदेव अमात्यले आज पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
अमात्यले संविधान आउनु आवश्यक भए पनि यसका नाममा हर्षाल्लास भई दीपावली गर्ने कार्यक्रमको विरोध गर्दै पार्टीबाट अलग रहेको विज्ञप्तिमार्फत जनाउनुभएको छ । एमाले कार्यालय सचिव श्रेष्ठले भने अमात्य यसअघि नै पार्टी छाडेर सङ्घीय समाजवादीमा गएको जनाउनुभयो ।

Leave A Reply

Your email address will not be published.