काठमाडौंमा स्वाइन फ्लुको संक्रमण देखियो

0

काठमाडौं, ७ असोज । राजधानीमा स्वाइन फ्लुको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वाइन फ्लुको आशंकामा परिक्षणका लागि आएका मध्ये ४ जनामा स्वाइन फ्लुको संक्रमण पाइएको अस्पतालले जनाएको छ । एक जनाको भने स्वास्थ्य गम्भीर बनेका कारण ग्रान्डी अस्पतालमा उपचार भइरहेको चिकित्सकहरुले बताएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले जाडो महिना सुरु हुने समयमा स्वाइन फ्लुका लक्ष्यण देखा पर्न सक्ने बताए । उनले हाल अस्पतालमा रुघा खोकी र ज्वरोका सयौं विरामी आउने गरेको बताए । स्वाइन फ्लु देखिएकाहरुलाई औषधी दिएर घर पठाइसकिएको पनि डा पुनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.