मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

काठमाडौं \  सरकारले लैङ्गिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने चार दशमलव छ मिलियन अमेरिकी डलर अर्थात् करिब ६१ करोड ३५ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता…

प्रतिनिधिसभा बैठक बस्दै, आजैबाट हिउँदे अधिवेशनको अन्त्य हुँदै

काठमाडौँ \ प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकको सुरुवातमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै आजको…

आज जुडशीतल मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा

धनुषा \ तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् । विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी…

इजरायल र इरानबीच युद्धको जोखिम बढ्यो : आक्रमण नगर्न इरानलाई अमेरिकाको चेतावनी

एजेन्सी \ इजरायल र इरानबीच ठूलो युद्धको जोखिम बढेको छ । यही अप्रिल एक तारिखमा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुईजना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएको थियो । यो घटनापछि इरानले इजरायललाई…

पौष्टिक तत्त्व मिसाइएको नौ हजार क्विन्टल चामल वितरण

काठमाडौँ \ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका पाँच जिल्लामा नौ हजार क्विन्टल पौष्टिक तत्त्व मिसाइएको चामल (फोर्टीफाइड राइस) वितरण गरेको छ । विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा स्तरोन्नति गरिएको…

जुरिक नेपाली स्पोर्ट्स क्लब स्वीजरल्याण्डले आउने जुलाईमा “ तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिता ” आयोजना…

नेपाल तथा स्वीसमा खेलकुद तथा बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले जुरीकमा “तेर्सो पिङ्ग पोङ्ग (Table Tennis) प्रतियोगिता २०२४” को आयोजना गर्ने भएको छ। त्यस्तै प्रकारले आगामी दिनहरुमा पनि…

विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् । नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै…

देश निर्माणका गतिविधिमा जुट्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ । नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले…

‘विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ’

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको छ । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा…

भुकम्पले भत्काएको विद्यालय बनाउन च्यारिटी सो

गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोट जिल्लामा भुकम्पले भत्काएको विद्यालय बनाउन च्यारिटी सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकोछ । विद्यालय भवन निर्माण गर्न सहयोग संकलन गर्ने उद्देश्यले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा द भ्वाइस अफ…