जुलाई ३ मा बेल्जियममा युरोपस्तरीय फूटबल प्रतियोगिता हुँदै, प्रथम पुरुस्कार ५ हजार युरो,

0

बेल्जियमको खेलकुद सम्बन्धि पुरानो संस्था युरो नेपाल स्पोर्टस एसोसियसन (एन्सा)को आयोजनामा यही जुलाई ३ तारिख सोमबार एन्सा कप फूटबल तुर्नामेन्ट हुने भएकोछ । सो सम्बन्धि जानकारी दिन आयोजना गरिएको कार्यक्रममा बिभिन्न देशका दस टिमले भाग लिने निस्चित भएको आयोजकले बताएकाछन ।

दस टिमको समुह बिभाजनका लागि गरिएको लाइभ कार्यक्रममा संस्थाकी सल्लाह्कार दुर्गा गुरुङ र मुना केसीले गोला छानेर ए र बि समुह बिभाजन गरिएको थियो । जस अनुसार ए समुहमा ५ टिम र बि समुहमा ५ टिम परेकाछन । फुटबल प्रतियोगिता अघि २ वटा मैत्रिपूर्ण खेल पनि हुनेछन ।

फूटबल टुर्नामेन्ट जित्नेलाई ५ हजार युरोको नगद पुरुस्कार छ भने द्वीतीय पुरुस्कार पच्चिस सय युरोको छ । साथै बेस्ट प्लियर र बेस्ट टीम लगायतलाई पनि पुरुस्कार सहित् मेडल प्रदान गरिनेछ ।

टुर्नामेन्टको उद्घाटन एनटवेरपेन नगरपालिकाका खेलकुद बिभाग प्रमुख पितर औतर्स र बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले गर्नु हुनेछ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब एकेंद्र कुँवर, गजेट भान एन्टवेरपेनका विल्फ्रिद द फिलेत, एनआरएनए लगायत बेल्जियमका  नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहनेछ ।

द्रुनेको रुगभेल्द खेलकुद मैदानमा हुने खेलमा बेल्जियम ब्याबसायिक रेफ्रिहरुले खेल सन्चालन गर्नेछन ।

एन्साका अध्यक्ष ज्ञानु थापाले लामो तयारी सहित हुन लागेको आकर्षक खेल हेरिदिन र खेलाडिहरुको हौशला बढाउनका लागि बेल्जियमबासिहरुलाई उपस्थित भैदिन अनुरोध गर्नु भएकोछ ।

Leave A Reply

Your email address will not be published.