प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित

0

काठमाडौं : आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले पेस गरेको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

बुधबार प्रतिनिधि सभामा भएको मतदानमा विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने पक्षमा १४७ मत परेको हो ।

बजेटको विपक्षमा भने १ सय ८ सांसदले मतदान गरेका थिए । बुधबारको बैठकमा २ सय ५५ सांसदको उपस्थिति थियो ।

गत जेठ १५ गते संघीय सदनको संयुक्त बैठकमार्फत अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयकलाई अब राष्ट्रिय सभाले पनि पारित गर्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.