एनआरएनए बेल्जियमको निर्वाचन अनुगमन समिति गठन

0

एनआरएनए बेल्जियमको जुलाई स्रोह तारिख हुने निर्वाचनको अनुगमन गर्न एक उच्च स्तरिय निर्वाचन अनुगमन समिति गठन गरिएकोछ ।

एनआरएनए युरोप उपसंयोजक चित्र सुबेदीको सन्योजकत्वमा गठन गरिएको समितिका सदस्यमा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, अन्तरराष्ट्रिय पर्बत समाजका अध्यक्ष झलक केसी, ओएनएफ बेल्जियमका पूर्व अध्यक्ष बोधराज पौडेल र नेपाली ब्यबसायी संघ बेनेलक्सका अध्यक्ष यामु निरौला रहनु भएकोछ ।

एनआरएनए बेल्जियमको निर्वाचन निस्पक्ष र पारदर्शी भए नभएको अनुगमन गर्ने र सोही अनुसारको प्रतिबेदन केन्द्रीय समितिलाई र बेल्जियमको जनसमुदायलाई जानकारी गराउने जिम्मा अनुगमन समितिको हुनेछ ।

Leave A Reply

Your email address will not be published.