दाउन्नेमा सवारी दुर्घटना, आठको मृत्यु

कावासोती, १ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा केहीबेर अगाडि भएको सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट दाङतर्फ गुडिरहेको ना४ख ५१४३ नम्बरको रात्रि बस र विपरीत…

सभासद्हरु आ–आफ्ना निर्वाचन क्षेत्रमा जादै

काठमाडौँ, ३१ असार । संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवम् जनताबाट राय सुझाव सङ्कलनका लागि भोलिदेखि सभासद्हरुलाई ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा पठाइने भएको छ । मस्यौदाको वितरण र प्रचारप्रसारबारे जानकारी गराउन नागरिक सम्बन्ध तथा…

अविरल बर्षाले विभिन्न ठाउँमा पहिरो

चौतारा, ३१ असार । बिनाशकारी भूकम्पबाट कमजोर भएको भू–भागमा गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाविसका १० स्थानमा पहिरो गएको छ । पहिरोले मानविय क्षति नभएपनि अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी, सडकखण्ड र साँखु–मेलम्ची,…

बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

डोल्पा, ३१ असार । यस वर्ष जिल्लाका उच्च हिमाली भेगका पाटनमा बीसौँ हजार सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि आएका थिए । यसवर्ष यार्सागुम्बा कम भेटिएकाले यसको मूल्य धेरै पाउने आश गरेका डोल्पालीले अहिलेसम्म बेच्न पाएका छैनन् । व्यापारी…

पर्यटकका लागि

पोखराको एक रेष्टुरेन्टमा राति रेष्टुरेन्टमा आएका पाहुनाहरुको लागि नृत्य प्रस्तुत गर्दै कलाकारहरु । भूकम्प पछि हाल पोखरामा ९० प्रतिशत पर्यटकको आगमनमा कमि आएको छ ।

मस्यौदा माथिको चिरफार

नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘संविधानको प्रारम्भिक मस्यौदा माथिको चिरफार विषयक विज्ञ प्रस्तुति’ कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल ।

सडकमा ३३ दल

चीन र भरातबीच भएको लिपुलेक सम्झौताको विरोध गर्दै सडकमा ३३ दलीय मोर्चा । माइतीघरबाट निस्केको उक्त जुलुसले संविधानको मस्यौदा खारेज गर्न माग गरेको थियो ।

पहिरोले विद्यालय पुरिँदा एकको मृत्यु, दश घाइते

कास्की, ३१ असार । लगातारको वर्षापछि आएको पहिरोले आज पोखराको छोरेपाटनस्थित भूपु सैनिक उच्च मावि (एक्स आर्मी उच्च मावि) को भवन पुरिँदा एकजना विद्यार्थीको मृत्यु भएको छ । यो घटनामा अन्य १० जना घाइते भएका छन् । मृत्यु हुनेमा कक्षा ९ मा…

पीडाले बनायो अस्पतालको बास

बेसहाराको जिन्दगी जीउन कसलाई पो गाह्रो नहोला र ! त्यसमाथि पनि विदेशमा । स्वदेशमै भए पनि सहारा पाउन धेरैलाई हम्महम्मे पर्छ । बाजुराका अर्जुनबहादुर सिंह यस्तैमध्येका एक हुन् । सिंह बेसहारा मात्रै होइनन् नेपालीबाटै पीडित पनि हुन् । विदेशमा…

मोरङमा कालाजारको समस्या

मोरङ, ३१ असार । कालाजार सङ्क्रमणको समस्या यो वर्ष मोरङमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । आज विराटनगरमा प्रकोप नियन्त्रण एवम् डेङ्गु चिकन गुलिया रोगसम्बन्धी अन्तरक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा यो वर्ष…