पहिरोले विद्यालय पुरिँदा एकको मृत्यु, दश घाइते

0

कास्की, ३१ असार । लगातारको वर्षापछि आएको पहिरोले आज पोखराको छोरेपाटनस्थित भूपु सैनिक उच्च मावि (एक्स आर्मी उच्च मावि) को भवन पुरिँदा एकजना विद्यार्थीको मृत्यु भएको छ । यो घटनामा अन्य १० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय सञ्जय गायक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।
घटनामा परी अन्य सातजना विद्यार्थी र तीनजना शिक्षकसमेत घाइते भएका छन् । तीनजना विद्यार्थीलाई बढी चोट लागेको विद्यालयकी शिक्षिका कलीमाया रेग्मीले जानकारी दिनुभयो । पहिरोबाट तीनजना शिक्षक पनि घाइते भएका छन् ।
विद्यालयमा परीक्षा चलिरहेको र परीक्षा सकिन १५ मिनेट बाँकी रहँदा माथिबाट खसेको पहिरोले चारवटा कोठा पुरेको हो । एकपाखे चारवटा कोठामा विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा दिइरहेका थिए । घाइतेहरुको मेट्रो सिटी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । विद्यालयमा ६१० जना विद्यार्थी अध्ययनरत छन् ।

Leave A Reply

Your email address will not be published.