मोरङमा कालाजारको समस्या

0

मोरङ, ३१ असार । कालाजार सङ्क्रमणको समस्या यो वर्ष मोरङमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । आज विराटनगरमा प्रकोप नियन्त्रण एवम् डेङ्गु चिकन गुलिया रोगसम्बन्धी अन्तरक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा यो वर्ष कालाजारको सङ्क्रमण विगत वर्षहरुको तुलनामा बढी मात्रामा देखिएको जानकारी दियो ।
यस जिल्लामा अहिलेसम्म कालाजारबाट ३२ जनाभन्दा बढी बिरामी परेका छन् र उनीहरु सबैको उपचार भइरहेको छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख भानु याङ्देनले विराटनगर उपमहानगरपालिका कालाजारको उच्च जोखिममा रहेको जानकारी दिनुभयो ।
उहाँले यस आर्थिक वर्षमा मात्र नौजनामा यो रोगको सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार १३ गाविस यो रोगको उच्च जोखिममा रहेका छन् । सरसफाइमा ध्यान दिन नसक्दा लामखुट्टेका कारण कालाजारको समस्या बढ्दै गएको सरकारी अधिकारीहरुको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.