संविधानको कार्यान्वयनमा गम्भीर बनौँः अध्यक्ष दाहाल

0

काठमाडौं \  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरु खोज्न भौंतारिन नहुने बताउनुभएको छ ।

मङ्गलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिला संविधानमा भएका विषयहरु कार्यान्वयन गर्नेकुरामा जोड दिन जरुरी रहेको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले संविधानको कार्यान्वयनमा गम्भीर बन्न सुझाव दिनुभयो । उहाँले संविधान कार्यान्वयनका क्रममा आएका अप्ठ्याराहरुको विकल्पमा जान सकिने बताउनुभयो ।

अध्यक्ष दाहालले केही कानुन बन्न नसक्दा सङ्घीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महशुस गरेको बताउनुभयो । राष्ट्रिय सभाको समिति र सभाको बैठकमा गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित गर्न नपरेको बताउनुभयो ।

‘‘संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुको सट्टा अपुग भए भनेर अरु नै चिज खोज्न हामी भौंतारिएका छौँ । यो अलि गम्भीर विषय हो । पहिला संविधानमा भएका विषयहरु कार्यान्वयन गर्नेकुरामा हामी गम्भीर बन्नसकौँ । तिनलाई कार्यान्वयन गर्न जाँदा समस्या भयो भने अन्य विषय खोज्ने हो ।,’’ अध्यक्ष दाहालले भन्नुभयो, ‘‘भएका विषय कार्यान्वयन नगरीकन हामी अन्त भड्किन थाल्यौँ भने राम्रो हुँदैन । हामीले हाम्रा कार्यभार पूरा गर्न संविधानमा उल्लेख भएका कुराहरु कार्यान्वयन नभएको हुनाले प्रदेशबाट आएका विषयहरु त्यही छन् ।’’

अध्यक्ष दाहालले प्राप्त उपलब्धिहरुको रक्षा र संप्रेषणहरु गर्न जरुरी रहेको बताउनुभयो । उहाँले उपलब्धिहरुको संप्रेषण राम्रोसँग नहुँदा समस्याह पैदा भइरहेको जिकिर गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.