गोरखा समाज बेल्जियमको स्वागत तथा शुुभकामना आदान—प्रदान कार्यक्रम सम्पन्न,

तेज नेपाली २३ डिसेम्वर २०२४, एन्ट्र्रोपेन, बेल्जियम ।

0

गोरखा समाज बेल्जियमले गोरखा जिल्लाबाट बेल्जियम आई बसोवास गरेका नब आगन्तुक गोरखालीहरुलाई एक कार्यक्रमको आयोजना गरी स्वागत सम्मान तथा नयाँवर्ष २०२५ को शुुभ अवसरमा शुुभकामना आदान—प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष श्री राम घलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजका सल्लाहकारहरु विष्णुु भुजेल, विनोद न्यौपाने, मदन दवाडी, गोरखा जिल्लाबाट उच्च शिक्षा (पि.एच.डी.) अध्ययन गर्न आउनु भएका द्धय श्री कमल देवकोटा, श्रीमती रमा मिश्र, युरो नेपाल खेलकूद संघ, बेल्जियमका अध्यक्ष ज्ञानु थापा, नेपाल पत्रकार महासंघ, बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

बेल्जियममा नव आगन्तुक बेल्जियमवासी गोरखालीहरुलाई समाजका अध्यक्ष श्री राम घलेले खादाद्धारा स्वागत तथा सम्मान गरी बेल्जियममा सुखद बसाईको हार्दिक कामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नवआगन्तुहरुलाई आफ्नो स्वागत मन्तव्यद्धारा समाजका सदस्य रामप्रसाद घलले हार्दिक स्वागत गर्नु भएको थियो ।

साथै वक्ताहरु रमा मिश्रले कार्यक्रममा उपस्थित हुुन पाउँदा खुुसी व्यक्त गर्नु भयो । त्यस्तै श्री कमल देवकोटाले गोरखा समाजले आगामी दिनमा संस्था संचालन गर्न चाहिने व्यवहारिक एवं प्राविधिक पक्षको विश्लेष्ण गर्दै सल्लाह एवं सुुझाव व्यक्त गर्नु भयो ।

कार्यक्रममा नव आगन्तुकको तर्फबाट श्री ईश्वर भट्टले आफ्नो मन्त्व्य व्यक्त गर्दै नवआगन्तुक गोरखालीहरुलाई पर्न सक्ने भाषा, सिप, रोजगार, वसाई सम्वन्धी कानुनी पक्षमा गोरखा समाजद्धारा सहयोगको लागि अपेक्षासहितको मन्तव्य व्यक्त गर्नु भयो ।

त्यस्तै नवआगन्तुुक श्री रुपक श्रेष्ठले मानिस स्वभावैले राजनीतिमा प्रेरित भए पनि गोरखा समाज कुनै पनि राजनैतिक प्रभाव विना संचालित हुनुु पर्नेमा जोड दिनुु भयो ।

कार्यक्रममा शक्ति बानियाँले गोरखाली भएकोमा गर्व महशुुस भएको कुरा व्यक्त गर्नु भयो ।

युरो नेपाल खेलकूद संघ बेल्जियमका अध्यक्ष ज्ञानुु थापाले गोरखा समाज बेल्जियमले खेलकुद क्षेत्रमा सहयोग र चासो राख्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

साथै नेपाल पत्रकार महासंघ, बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले गोरखा जिल्ला एक आफैमा ऐतिहासिक जिल्ला हो भन्नु भयो । उहाले गोरखनाथको महिमाको चर्चा गर्दै आजभन्दा सयौं वर्ष पहिले नै आजभोलि चर्चा गर्ने गरिएको समाजवाद र साम्यवादको परिकल्पना गोरखानाथले गरेको र उहाको नामबाट नामाकरण भएको गोरखा जिल्ला नेपालको ऐतिहासिक जिल्ला भएको विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा समाजका सल्लाहकारहरु मदन दवाडीले नव आगन्तुहरुलाई समाजको तर्फबाट साथ साथै व्यक्तिगत तर्फबाट पनि नव आगन्तुहरुलाई आई पर्ने समस्याहरुमा सदैव सहयोग रहने कुरा व्यक्त गर्नु भयो ।

त्यस्तै सल्लाहकार विनोद न्यौपानेले उपस्थित सवैलाई स्वागत गर्दै समाज आगामी दिनहरुमा सशक्त रुपमा अगाडि वढ्ने कुरा व्यक्त गर्नु भयो ।

सल्लाहकार विष्णु भुजेलले प्रवासमा रहेका नेपालीहरुको हक, हितसहितको नेपालको कानूनहरु प्रवासी नेपाली मैत्री हुनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यको लागि विभिन्न विषयमा उच्च शिक्षा अध्ययन अनुुसन्धानमा विदेशमा आउनुभएका अनुसन्धानकर्ता मार्फत प्रवासी नेपालीहरुको समस्याहरुको उजागर गर्ने एक शसक्त माध्यम सक्ने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय नेपाली महिला फुटवल टिमलाई सहयोगार्थ संकलित रकम सार्वजनिक गरिएको थियो । गत महिना भएको दक्षिण यसियाली महिला फूटबलको साफको उपबिजेता रहेको नेपाली महिला टोलीलाई यसै हप्ता सहयोग रकम हस्तान्तरण गरिनेछ ।

अन्त्यमा गोरखा समाज बेल्जियमले स्थापना कालदेखि हालसम्म गरेका विभिन्न गतिविधिहरुको चर्चा गर्दै उपस्थित सवैलाई हार्दिक स्वागत र नयाँ वर्षको शुभकामना व्यक्त गर्दै कार्यक्रमका सभापति श्री राम घलले कार्यक्रमको समापन गर्नु भएको थियो ।

कार्यक्रमको संचालन समाजका महासचिब तेज नेपालीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.