राजभण्डारीको नेतृत्वमा ८१ जना राप्रपामा प्रवेश
काठमाडौं, २ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) समानान्तरका सहअध्यक्ष दीलविकास राजभण्डारीको नेतृत्वमा ८१ जना कार्यकर्ता आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । यहाँ आयोजित कार्यक्रममा राप्रपाका पार्टी…
संविधान घोषणामा सुरक्षा व्यवस्था कडा
काठमाडौं, २ असोज । संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आइतबारका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान…
श्रीलङ्कामा युद्धअपराधको कथा बल्झिने सङ्केत
करिब २६ वर्षको गृहयुद्धको भुमरीबाट छ वर्षमात्र अघि सामान्य अवस्थामा फर्किएको दक्षिण एसियाली देश श्रीलङ्कामा अहिले आएर युद्धअपराधको कथा बल्झिने सङ्केत देखिएको छ । देशमा साढे दुई दशकभन्दा लामो समयसम्म चलेको हिंसाका ज्यादतीहरुको खोजिनीति…
अनेसास बेल्जियमले मोती जयन्ती मनाउदै
लुभेन, २ असोज । युवाकवि मोतीराम भट्टको १५० औँ जन्मजयन्ती आगामी २० सेप्टेम्वर आइतवार स्थानीय लुभेनमा कवि गोष्ठीको आयोजना गरी मनाइने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा हुने उक्त जन्मजयन्तीमा उपस्थितिका लागि…
राहत वितरणमाथि अनुसन्धान
बनेपा, २ असोज । काभ्रेपलाञ्चोकमा भूकम्पपछि विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अनुसन्धान अधिकृत आनन्द थापासहितको टोलीले तीन दिनयतादेखि गाविस र विभिन्न नगरपालिकासँग सोधपुछ…
बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो
रामेछाप, २ असोज । रामेछाप जिल्लाको मन्थली नगरपालिका– ७ सालु गैराथोकमा शुक्रबार साँझ करिब ५ बजे रामेछाप यातायातको ना४ख ५२४८ को यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा गोठगाउँ–७ का…
के सन्देश दिएर फर्किए मोदीका विशेषदूत
काठमाडौँ, २ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत सुब्रमन्यम जयशङ्करले दिगो संविधानबाटै नेपालको विकास र शान्तिमा योगदान पुग्ने बताउनुभएको छ । नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि त्रिभुवन विमानस्थलमा…
भारतको सुझाव मान्नुपर्छ भन्ने छैनः मन्त्री सिंह
काठमाडौं, २ असोज । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले त्याग र निष्ठाको राजनीति गर्नुहुने विर गणेशमान सिहंको जतिनै चर्चा गरे पनि कमि हुने बताएका छन । गणेशमान सिहंको १८ औं स्मृती दिवसका अवसरमा सोभा भगवतीमा रहेको शलिकमा…
अन्तर्राष्ट्रिय साहित्य सम्मेलन जापानमा सुरु
टोकियो, २ असोज । चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आजबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा सुरु भएको सम्मेलनमा भाग लिन विश्वभरका साहित्यकार जापानमा जम्मा भएका छन् । टोकियोको…
प्रमाणीकरण देखाउँदै
शीर्षक नेताहरुका साथमा संविधानसभाबाट पारित नेपालको संविधान २०७२ को विधेयकका प्रतिहरुको प्रमाणीकरण पछि सभासदहरुलाई देखाउँदै सभाध्यक्ष सुवास नेम्बाङ ।